|
|
साइप्रस
साइप्रस एशिया को एक देश हो, जसलाई संस्कृति र इतिहासका कारणले युरोपको भूभाग पनि भनिन्छ। यो भूमध्य सागरमा रहेको एक टापु हो। यसको राजधानी निकोज्या हो। धेरै जसो मानिसहरू युनानी भाषा बोल्दछन्। तर यस टापुको केही भाग टर्किस बोल्नेहरूले गैरकानुनी रुपमा कब्जा गरिरहेकाछन्। टर्कीले जुलाई १९७४मा दूई-चरणमा गरेको आक्रमण पछि यसो भएको हो। साइप्रसलाई युनान (ग्रिस) मा गाभ्न एथेन्समा योजना गरिएको सत्तापलटको जवाफमा सो आक्रमण भएको हो।
साइप्रस युरोपेली संगठनको सदस्य हो।
|